309008001 1289527131817964 8190475879866885677 n 1 2

शुक्र अस्त हुँदा गर्न नहुने ५ कर्महरु-ज्यो डा.आयुष्मान रेग्मी

14 / 100
309008001 1289527131817964 8190475879866885677 n 1 2

शुक्र अस्त हुँदा गर्न नहुने ५ कर्महरु-ज्यो डा.आयुष्मान रेग्मी



असोज १३ गते साँझ ५ बजेर ११ मिनेटपछि मंसिर ६ गते राती १ बजेर १९ मिनेटसम्म शुक्र अस्त हुँदै छन् । शुक्र सुखका कारक ग्रह हुन्। जसको कुंडलीमा शुक्र कमजोर हुन्छन् उनीहरूको जीवनमा सुखको कमी हुने गर्दछ। शुक्र अर्थात् भौतिक सुख बुझ्नु पर्दछ। सुखका कारक ग्रह कमजोर स्थितिमा हुँदा गर्नै नहुने कार्यहरु-

१.विवाह- वैवाहिक सम्बन्ध राम्रो होस्,एक अर्काप्रति सम्मान,सद्भाव,प्रेम रहोस् भन्ने सबै दम्पतीलाई चाहना हुन्छ। शुक्र प्रेम र सुखका कारक ग्रह हुन्। जसको कुंडलीमा शुक्रको स्थिति कमजोर हुन्छ उनीहरूको जीवनमा रोमान्सको कमी हुने गर्दछ। जोसँग विवाह गर्दै हुनुहुन्छ उहाँसँगको सम्बन्ध सधैभरीलाई राम्रो होस् भन्ने चाहना छ भने शुक्रास्तको बेला वैवाहिक बन्धनमा नबाधिँनोस्। शुक्र सिंह राशिमा शत्रु र कन्या राशिमा निचका हुने गर्दछन्। सरल भाषामा भन्नु पर्दा कमजोर हुने गर्दछन्। विवाह जीवनको नौलो आरम्भ हो। विवाहमा सुख जसलेपनि चाहन्छन् र जुनबेला सुखका कारक ग्रह नै कमजोर अवस्थामा हुन्छन् त्यो बेला विवाह गर्दा त्यो विवाहमा सुखको कमी आउनु स्वाभाविक नै हो। कतै-कतै दुर्गापक्षमा विवाह गर्नु मिल्छ भन्दै विवाह गर्ने चलन बढ्दै आएको छ। जुन समयमा लगन नै हुँदैन र शुक्रास्त हुन्छन् त्यही समयमा विवाह गरेर विवाहबाट सुख कसरी हुन सक्छ अतः शुक्रास्तमा विवाह वर्जित छ।

२.सवारी साधन- दँशै तिहारमा नयाँ सवारी साधनपनि लिने चलन छ। जुन सवारीसाधन लिँदै हुनुहुन्छ त्यो सवारीसाधनले दुःख नदियोस्, सुख होस्, दुर्घटना नहोस् सबैको चाहना हुन्छ। शुक्रबाट सुखसँग सम्बन्धित कुराहरु र लग्जरी सवारीसाधनपनि हेरीन्छ। शुक्रास्त भएको बेलाभन्दा शुक्र ग्रहको उदय भएपछि सवारीसाधन लिँदा अत्यन्त राम्रो हुन्छ। मंसिरको ६ गते रात्रि १ बजेर १९ मिनेटपछि पश्चिममा शुक्रको उदय हुन्छ। त्यसपछि सवारीसाधन किन्न मिल्छ।

गृहप्रवेश र घरवास्तु- वास्तु हेरेर नयाँ घर बनाउनु हुन्छ किनकी त्यो घरमा सुखसँग बास होस् तर सुखका कारक ग्रह नै कमजोर भएका बेला गृहप्रवेश गरेमा सुखमा अवश्य कमी आउनेछ। त्यसैले शुक्रास्तमा गृहप्रवेश बर्जित गरिएको छ।

३.नयाँ घर बनाउँने काम- आफ्नो अथक परिश्रमबाट कमाएको पैसाले घर बनाउँदै हुनुहुन्छ। बनाएको घर फलिफाप होस् र बास स्थिर होस् । घरमा बसेपछि रोग व्याधि नलागोस् र घरमा सुखको सदैव बास होस्। धनको कमी कहिल्यै नहोस् भन्ने चाहना सबैको हुन्छ त्यसैले शुक्र अर्थात सुख, लक्ष्मी धनको ग्रह कमजोर भएको अवस्थामा गृहारम्भ गर्दा के त्यो घरमा सुख आउला? त्यसैले शुक्रास्तको बेला गृहारम्भ गर्नु हुँदैन।


४.लगानी अथवा नयाँ कामको आरम्भ- रगत पसिना एक गरेर कमाको पैसा कुनै व्यापारमा लगाउँदै हुनुहुन्छ भने पक्कैपनि लगानी राम्रो होस् र घाटा नहोस् भन्ने चाहनुहुन्छ। त्यसैले शुक्रास्तको बेला लगानी अथवा नयाँ व्यापारको आरम्भ नगर्नुहोस्। यसमा विशेष गरी शुक्रले प्रतिनिधित्व गर्ने व्यापार- होटल,रेष्टुरेण्ट,मनोरञ्जनसँग सम्बन्धित व्यापार,कपडा,Perfume, Tiles, गाडिको शोरुम आदिमा लगानी शुक्रास्तको बेला गर्नु हुँदैन।

५. गर्भाधान- babyplanning- पुरुषमा शुक्रले वीर्य र स्त्रीमा गर्भाशय हेरीन्छ। शुक्रले वीर्यको साथ-साथै यौनरोग, प्रजनन क्षमता,यौनसुख र सन्तान सुखपनि हेरिन्छ। शुक्रास्तमा गर्भाधान गर्दा गोचरमा शुक्रको कमजोरीको प्रभाव गर्भमा बस्ने शिशुमा समेत पर्ने हुनाले जन्मने बच्चामा शुक्रको कमी अर्थात प्रजनन क्षमतामा असर पर्ने हुनाले र शुक्र सम्बन्धित रोग बच्चामा देखिन सक्ने हुनाले शुक्रास्तमा गर्भाधान(babyplanning)गर्नु हुँदैन।

Logic behind this theory-गर्भाधानकालका गोचरमा चलित ग्रह, आमा बाबाका योगिनी,त्रिभागी,विंशोत्तरीयमा चलेका महादशा अन्तर्दशा र बच्चा जन्मेको समयमा चलेका दशाहरुको मिश्रित प्रभाव पर्ने हुनाले कसैलाई धेरै र कसैलाई कम प्रभाव पर्छ तर यसको प्रभाव ढीलो चाँडो देखापर्छ।

त्यसैले शुक्रास्तका बेला उपरोक्त कर्महरु शुक्रास्तका वेला आरम्भ गर्नु हुँदैन।

ज्योतिषी डा.आयुष्मान रेग्मी

https://www.youtube.com/channel/UCpvZ6reC8iph15Th63NlFBA

1 thought on “शुक्र अस्त हुँदा गर्न नहुने ५ कर्महरु-ज्यो डा.आयुष्मान रेग्मी”

Leave a Comment

Your email address will not be published. Required fields are marked *