307492918 629847015434202 6722136848861696631 n 1

माणिक्य रत्न कस्तो अवस्थामा लगाउनुपर्छ? माणिक्य रत्न लगाउनुका फाइदा के-के हुन??

10 / 100
307492918 629847015434202 6722136848861696631 n 1


ज्योतिष शास्त्र केवल भाग्यका कुरा गर्ने शास्त्र हैन पथप्रदर्शन गर्ने शास्त्र हो। त्यसैले चिना हेराउँदा हजुरको समस्यामात्र हैन त्यो समस्याको उपायपनि ज्योतिष शास्त्र मै छ।

कुंडलीमा भने सूर्य ग्रह कमजोर हुनु राम्रो हैन। कारकग्रहहरुमध्ये सूर्य आत्माकारक ग्रह हुन्। सूर्य कमजोर हुनु आत्मा कमजोर हुनु हो अर्थात् आत्मविश्वासमा कमी हुनु हो। सूर्य कमजोर हुनु भनेको सूर्य ग्रहले जुन-जुन कुराको प्रतिनिधित्व गर्दछन् त्यही-त्यही कुरामा कमजोरी आउनु हो। सूर्यले प्रतिनिधित्व गर्ने कुराहरु यस प्रकार छन्।

आत्मा,पिता,हाड,आँखा,पूर्वदिशा, सरकारी जागिर,
आत्मबल,प्रभावकारिता,निरोगिता,सम्पत्ति,पद प्रतिष्ठा,मनोरोग,टाउको,मेरुदंड कलेजो,ह्रदय,राज्य पुलिस प्रशासन आदि।

सूर्य ग्रह कुंडलीमा कुन भावमा,कति डिग्रिमा छन् र कस्ता ग्रहहरुसँग बसेका छन् त्यसको आधारमामात्र फलादेश गर्नुपर्दछ।

सूर्य ग्रह कमजोर छन् भन्दैमा तुरन्त माणिक्य धारण गर्नु हुँदैन। सूर्य ग्रह कमजोर त छन् तर छैटौं,आठौं र बाह्रौं भावमा छन् भने अनुभवी ज्योतिषीको सल्लाहअनुसार मात्र रत्न धारण गर्नुपर्दछ।

कस्तो अवस्थामा माणिक्य लगाउन मिल्छ र राम्रो फल पाइन्छ?
कुंडलीमा लग्न,पाँचौ,नवौं,दशौं र एघारौं भावको ग्रह सूर्य हुन तर स्वगृही,मित्रगृही,उच्चको भै बसेका छन् तर वृद्ध,मृत अवस्थाका छन् अर्थात् सूर्यको बल कम छ भने यो अवस्थामा माणिक्य(Ruby) तीन अथवा पाँच रत्तिको जसलाई सुन फाप्ने देखिन्छ उहाँले सुनको अंगुठीमा र जसलाई सुन फाप्दैन उहाँले तामाको अंगुठीमा बनाएर आइतबार सूर्योदयको समयमा सूर्यलाई अर्घ्य दिएर सूर्यको वैदिक मन्त्र-“ऊँ आकृष्णेन रजसा वर्तमानो निवेशयन्नमृतं मर्त्यञ्च।
हिरण्य़येन सविता रथेन देवो याति भुवनानि पश्यन ।।
पढेर अथवा ॐ घृणि सूर्याय नमः सातपटक मन्त्रोच्चारण गरेर दाहिने हातको साँहिली औंलामा लगाउनुपर्छ।
यसले सूर्यको सकारात्मक उर्जालाई शरीरमा ल्याउन मदत पुराउँछ। सूर्यलाई बल पुग्दा कुंडलीमा जुन भावमा सूर्यको प्रभाव छ त्यो भाव बलियो हुन्छ र त्यो भावसँग सम्बन्धित फल राम्रो मिल्ने गर्दछ।

कस्तो अवस्थामा माणिक्य लगाउनु हुँदैन??

कुंडलीमा सूर्य छैँटौ,आठौँ र बाह्रौं भावमा स्थित छन् र स्वगृही,मित्रगृही,उच्चका छन् भने त्यस्तो अवस्थामा माणिक्य लगाउँदा यी भाव अनुसार नै फल दिने हुँदा आत्मविश्वासलाई बढाउने काम गरेपनि छैंटौंमा रोग र प्रतिस्पर्धी बढाउने(अरु सबै कुरा हेर्दा-शत्रुलाई बल पुग्ने)
आठौंको फल कुंडली राम्रोसँग विश्लेषण गरेरमात्र भन्न मिल्छ। बाह्रौं भावमा भएमा खर्च बढी हुने गर्दछ।

लगाउनै नहुने अवस्था सूर्य तुला राशिमा निच छन्। शत्रुराशिमा छन् भने माणिक्य लगाउन हुँदैन। राम्रो हुनुपर्नेमा उल्टो फल दिने गर्दछन्(कुंडलीमा भावअनुसारनै फल बुझ्नुपर्छ) यसको मुख्य कारण रत्नले कुंडलीमा ग्रह जुन अवस्थामा छन् त्यही अवस्थाअनुसार बल बढाउने काम गर्दछ। रत्न बल बढाउन लगाउने कुरा हो बललाई निस्तेज बनाउन हैन। उही रत्नले बल बढाउने, उही रत्नले नराम्रो प्रभावलाई घटाउन सक्दैन। रत्न पत्थर हो। उसमा कुनै function हुँदैन बुद्धि विवेक हुँदैन। त्यसै कारणले यी कुराहरुलाई विचार गरेर अथवा रत्नविशेषज्ञ/अनुभवी ज्योतिषीसँग सल्लाहअनुसार नै रत्न धारण गर्नुहोला।

ज्योतिषी डा. आयुष्मान रेग्मी
विन्दवासिनी चोक,पोखरा

2 thoughts on “माणिक्य रत्न कस्तो अवस्थामा लगाउनुपर्छ? माणिक्य रत्न लगाउनुका फाइदा के-के हुन??”

  1. Namaskar mheley ruby dharan garyaxu! 9th house ma Surya cha mero with budha. Ani mero rasi Tula ho! Yo nich wala condition hoena ni?

Leave a Comment

Your email address will not be published. Required fields are marked *